नियम १३
निरीक्षकको परिचयपत्र
(१) ऐनको दफा १२ बमोजिम नियुक्त गरिएको वा तोकिएको निरीक्षकलाई कार्यालयले अनुसूची–४ बमोजिमको ढाँचामा निरीक्षकको परिचयपत्र दिनु पर्नेछ ।(२) निरीक्षकले आफ्नो परिचयपत्र सँधै साथमा राख्नु पर्नेछ र आफ्नो कर्तव्य पालनको सिलसिलामा जाँचबुझ वा निरीक्षण गर्न गएको बखत दरखास्तवाला वा इजाजतपत्रवालाले हेर्न मागेमा देखाउनु पर्नेछ ।